चितवन विशेष
नारायणीले बगाएर ल्याएको शव रुपन्देहीका उपाध्यायको भएको पुष्टि
०

चितवन, असार ११-
भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीले बगाएर ल्याएको शव रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–६ का एक पुरुषको भएको खुलेको छ ।
स्थानीयको सूचनाका आधारमा चितवन प्रहरीले आज बिहान करिब ९ बजेको समयमा सो शवलाई नियन्त्रणमा लिएको हो ।
चितवन प्रहरीले तिलोतमा घर भई काठमाडौँको किर्तिपुर–४ बस्ने ६० वर्षीय चुडामणी उपाध्यायको शव भएको पुष्टि भएको जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको चितवन प्रहरीले जनाएको छ । मृतकको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























