राजनीति
बुधबारसम्म समाजवादीका मन्त्री हेरफेर हुने

काठमाडौं,असार ७-
एकीकृत समाजवादीबाट सरकारमा गएका मन्त्रीहरु बाहिरएर बुधबारसम्म नयाँ टिम भित्रने भएको छ। जेठ २२ गते समाजवादीले आफ्ना मन्त्रीहरु हेरफेर गर्ने औपचारिक निर्णय गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे पनि रोकिएको थियो। समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निरन्तरको दबाबपछि प्रधानमन्त्री देउवा मन्त्री फेर्न तयार भएका हुन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार बुधबारसम्म नयाँ मन्त्रीहरुले शपथ लिनेछन्। एकीकृत समाजवादीले स्वास्थ्य मन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठ फिर्ता बोलाएर भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउन सिफारिस गरेका छन्।
सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा समेत प्रधानन्त्रीले समाजवादीका मन्त्रीहरु फेरिने संकेत गरेका थिए।


























