चितवन विशेष

ग्राहकको रोजाइँमा भरतपुरको ‘फुल्की बार’

Banner

चितवन, असार ५–

‘फुल्की’ नामै काफी छ । भारत र नेपालको तराई क्षेत्रमा लोकप्रिय परिकार ‘फुल्की’ चितवन प्रवेश पाएको धेरै भएको छैन । यही परिकारलाई विशेष बनाएर भरतपुरमा खुलेको ‘फुल्की बार’ एक वर्ष पुग्नै लाग्यो । छोटो समयमै फुल्की बार सबैको रोजाइँमा परेको छ । भरतपुर–९ स्थित बोस्टन कलेज नजिकै रहेको यस बारमा पानीपुरी र चाट विशेष परिकार हुन् ।

युवा विद्यार्थी निकेश पोखरेल र भरत दवाडी मिलेर फुल्की बारको स्थापना गरेका हुन् । निकेश किंग्स कलेज काठमाडौँमा बीबीए गरि सकेका छन् भने बोस्टन इन्टरनेशनल कलेज भरतपुरमा एमबीए गरिरहेका छन् । दवाडी भने ‘डोको नाम्लो अर्गानिक घर’ पनि संचालन गरिरहेका छन् ।

फुल्की बारको मुख्य उद्देश्य अखाद्य वस्तुरहित पानीपुरी र चाट सेवाग्राहीलाई उपलब्ध गराउनु हो । यहाँ भारतीय चाटका विशेष प्रकारहरु उपलब्ध छन् । यहाँको मुख्य परिकारमा फुल्की, पानीपुरी, सुजीको गोलगप्पा, दहीपुरी, राजकचौरी चाट, दहीबडा, पापडी चाट, पौभाजीलगायत छन् । ‘यी परिकारहरु छोटो समयमै सेवाग्राहीको नजरमा राम्रो प्रभाव छोडेको छ, सेवाग्राहीहरु खुशी छन्’–संचालक पोखरेलले भने ।

एक वर्षमा ५० हजार भन्दा बढी ग्राहकले फुल्कीको स्वाद लिइसकेका छन् । अझै लाखौंलाई यसको स्वा चखाउने उनीहरुको चाहना छ । यहाँ भारतको दिल्लीस्थित हल्दीराममा लामो समय अनुभव लिएका सेफ सूर्य ओलीले बनाएको परिकारहरु खान पाइन्छ । यहाँ स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै नेपाली आलु, आफ्नै फार्म हाउसको उपलब्ध दहीलगायतका खाद्य वस्तुहरु प्रयोग गरिन्छ ।

यस्तै खेर गइरहेका काठबाट बस्ने ठाउँहरु निर्माण गरिएका छन् । ग्राहकले आफ्नै हातबाट पानीपुरी मिक्स गरेर खाउन पाउँछन् । पानीपुरीमा शुद्ध सनफ्लवारको तेल प्रयोग गरिन्छ । पानीका विभिन्न प्लेबरहरु रहेका छन् ।

फुल्की बारले बाहिरी सेवा समेत दिने गरेको छ । विवाहलगायतका उत्सवहरुमा समेत सेवा दिनुको साथै, टेकअवेलगायतको सुविधा रहेको संचालक पोखरेलले बताए । यस्तै फुल्कीबार सामाजिक सेवाहरुमा पनि सक्रिय रहेको छ ।

पहिलो वार्षिकोत्सवमा १० प्रतिशत छुट

‘फुल्की बार’ले भोलि (सोमबार) पहिलो वार्षिकोत्सव मनाउँदै छ । एक वर्ष पुरा भएको अवसरमा उसले ग्राहकहरुलाई छुट सुविधा समेत दिने भएको छ । संचालक पोखरेलका अनुसार सोमबार आउने ग्राहकहरुले सबै परिकारमा १० प्रतिशत छुट पाउने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>