राजनीति

विराटनगर विमानस्थल विस्तार गर्न रोक्का राखिएको जग्गा फुकुवा गर्न माग

Banner

काठमाडौं,  जेठ ३१ –

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विराटनगर विमानस्थल विस्तार गर्न भनेर दुई वर्षदेखि रोक्का राखिएको घरजग्गा कारोबार फुकुवा गर्न वा स्थानीयलाई मुआब्जा दिन माग गरेका छन् ।

उनले सामाजिक सन्जालमा एक पोष्ट गर्दै विराटनगर महानगरपालिका–४ का स्थानीयलाई मुआब्जा दिन वा जग्गा खरिदबिक्रीमा लगाइएको रोक फुकुवा गर्न माग गरेका हुन् ।

उनले लेखेका छन्, ‘विराटनगर विमानस्थल विस्तार गर्न सरकारले दुई वर्षदेखि विराटनगर–४ मा रहेको घरजग्गा खरिद–बिक्री तथा बैंकिङ कारोबारमा रोक लगाएको छ । अहिलेसम्म स्थानीयले मुआब्जा पाएका छैनन् । कि त उनीहरुलाई तत्काल मुआब्जा दिन, होइन भने खरिद–बिक्रीमा लगाइएको रोक फुकुवा गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>