राजनीति
नेपालमा प्रदेश सरकारको आवश्यकता छैन,खारेज गरौंः कमल थापा
०

कास्की,जेठ ३०-
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा दुई तहको सङ्घीय संरचना आवश्यक नरहेकोले खारेज गर्नुपर्ने बताउनुभएको छ । राप्रपा नेपाल गण्डकीले आज सोमवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले यस्तो बताउनुभएको हो ।
केन्द्रीय सरकार बलियो र पालिकाले पर्याप्त अधिकार पाएका कारण प्रदेश सरकारको आवश्यकता नरहेको उहाँको भनाइ थियो । उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष थापाले गणतन्त्र स्थापनापछिको १५ वर्षको अनुभवलाई हेर्दा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता, समानतासहितको हिन्दू राष्ट्र बनाउनुपर्ने बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























