राजनीति
संसद बैठकमा सांसद रेणुका गुरुङको गुनासोः प्रहरीले हामीलाई सलाम गरेन
०

काठमाडौं,जेठ २७-
प्रतिनिधि सभा बैठक कक्षका समस्या बताउने क्रममा सांसद रेणुका गुरुङले प्रहरीले सलाम नगरेको गुनासो समेत गरेकी छिन्। शुक्रबारको बैठकमा उनले भनिन्, माननीय भनेको सवैले मान्ने भन्ने व्यक्ति बुझिन्छ। सुरक्षाकर्मी कसैले अभिवादन गरेको छ, कसैले गरेको छैन। लापरबाही गरेको छ।
उनले सांसदलाई कानुन निर्माण गर्न वातावरण चाहिने बताएकी छिन्। उनले थपिन्, सांसद सजीव प्राणी हो, भोक र तिर्खा लाग्छ। क्यान्टिन गयो खाजा ल्याउन ढिलाइ हुन्छ। पानी खान गयो कहिले पानी हुँदैन, कहिले गिलास हुँदैन। कहिले तातोपानी हुँदैन। लापरबाही छ।
उनले शौचालय पनि सफा नरहेको बताइन्। शौचालयमा भुइँभरि पानी हुने उनले बताइन्। संसद भवन सांसदहरुको कार्यालय भएकाले जताततै घुम्न पाउनुपर्ने उनले माग राखिन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























