राजनीति
मध्यरातमा काठमाडौंको फोहोर उठाउने सहमति,आजदेखि अवरोध हट्ने
०

काठमाडौं,जेठ २७-
काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरातमा १८ बुँदे सहमति भएको छ । काठमाडौं महानगर र सिसडोल बन्चरे डाँडा बीच काठमाडौंको फोहोर उठाउने सहमति भएको हो। राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीय देखि वार्ड अध्यक्षहरूको उपस्थित थियो भने यो समूहले केही दिन अघि भएको सम्झौता मानिरहेको थिएन।
दुई पक्षबिच फोहोर ढुवानी रातिको समयमा गर्ने, रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, सहरी विकास मन्त्रालयमा भएको प्रतिबद्धताको कार्यान्वयन गर्न पहल गर्ने लगायत १८ बुँदे सहमति भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























