चितवन विशेष

भरतपुर वडा नम्बर १ का निर्वाचित जनप्रतिनिधिलाई युथ क्लबको सम्मान

Banner

चितवन, जेठ २६-

युथ क्लब नारायणगढले भरतपुर महानगरपालिका वडा नम्बर १ बाट निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान गर्दै बधाइ तथा शुभकामना दिएको छ ।

क्लबको कार्यालयमा बिहीबार भएको कार्यक्रममा जनप्रतिनिधिलाई सम्मान सहित सामाजिक कार्यमा सहकार्य गरेर जान संस्थाले अनुरोध गरेको छ ।

कार्यक्रममा निर्वाचित वडा अध्यक्ष केशव महर्जनले वडाको आवश्यकता र जनचाहना अनुसार आफूले काम गर्ने बताए । सामाजिक सस्थाले गरेको कामको अनुभवलाई साथ लिएर आफ्नो कार्यकाललाई सफल बनाउने प्रयास गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

उनले वडामा रहेको अव्यबस्थित बसोबास, विकास निर्माणको कामलाई ध्यान दिने बताए । वडावासीको सल्लाह र स्थानीय अवश्यकता नै आफ्नो एजेण्डा हुने अध्यक्ष महर्जनले बताए । कार्यक्रममा क्लबका पूर्वअध्यक्ष हेरम्बकुमार असिम, सुरेशकुमार श्रेष्ठ , राजकृष्ण श्रेष्ठ , ज्ञानेन्द्र पियालगायतले सहकार्य गरेर जान अनुरोध गरे । क्लबका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यतामा भएको कार्यक्रममा उपाध्यक्ष शालिग्राम नेपालले स्वागत मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>