देश/प्रदेश

स्कुल समयमा र सरकारी समय फरक पार्न माग

Banner

काठमाडौँ, जेठ २६-

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद प्रकाशमान सिंहले काठमाडौँको फोहर व्यवस्थापन र बजारभाउ नियन्त्रण गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले स्कुल जाने समय र सरकारी कार्यालय सञ्चालनको समय फरक गर्न आग्रह गर्नुभयो । उहाँले अबको समयमा ट्राफिक व्यवस्थापनको नयाँ योजना अघि बढाउँदै उचित व्यवस्थापन गर्नेपर्ने आवश्यकता औँल्याउनुभयो ।

सांसद देवप्रसाद गुरुङले मध्यपहाडी लोकमार्गको लमजुङ क्षेत्र, मस्र्याङ्दी करिडोरको सडक निर्माण अवरुद्ध भएको तथा चेपे करिडोरको बाटोसमेत अघि बढ्न नसकेको भन्दै ती सडक शीघ्र अघि बढाउन ध्यानाकर्षण गराउनुभयो ।

सांसद टेकबहादुर बस्नेतले किसानलाई मल दिन सरकारसँग माग गर्नुभयो । सांसद डिला सङ्ग्रौलाले फोहरले काठमाडौँ दुर्गन्ध भएको, युवाले रोजगार नपाएको, कानुनको शासन हुन नसकेको, विद्यार्थीलाई पढ्ने पाठ्यपुस्तक नभएको, महँगी बढ्दो क्रममा रहेको तथा हत्या, हिंसा, बलात्कार प्रभावितले न्याय नपाउने अवस्था आएकाले उचित सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो ।

शून्य समयमा सांसद तेजुलाल चौधरी, ध्रुवकुमार शाही, नन्दलाल रोका क्षेत्री, नरबहादुर धामी, नवराज रावत, नारायणप्रसाद खतिवडा, नारायणप्रसाद मरासैनी, निरुदेवी पाल, पद्माकुमारी अर्याल, पवित्रा निरौला खरेल, पार्वतीकुमारी विशुन्के, प्रेम सुवालले धारणा राख्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>