देश/प्रदेश
ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
०

काठमाडौं, जेठ २६-
पाँचथरको हिलिहाङ गाउँपालिका–७ को सल्लेरीमा ट्याङ्कर र मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलका चालक २६ वर्षीय प्रेम घिसिङ रहेका छन् । उनी सुनसरीको रामधुनी नगरपालिका– ७ का हुन् ।
उनले चलाएको को ५ प २३३० नम्बरको पल्सर मोटरसाइकल र मे १ ख २४९४ नम्बरको ट्याङ्कर बुधबार दिउँसो अन्दाजी १ः३० बजे आपसमा ठक्कर खान पुगेको थियो। ठक्करपछि घिसिङ गम्भीर घाइते भएका थिए । उनको झापाको बिएण्डसी अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।
घिसिङ श्रीमती कञ्चन मगरसहित ताप्लेजुङ तर्फ जाँदै थिए । मगर पनि गम्भीर घाइते छिन् । आइसीयूमा राखेर बिएण्डसीमै उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० राकेश थापाले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























