रोचक

उद्घाटन गर्दागर्दै झोलुङ्गे पुल भत्केपछि….(भिडियो)

Banner

एजेन्सी,जेठ २५-

उद्घाटन गर्ने क्रममा मेक्सिकोमा एउटा झोलुङ्गे पुल भत्किएको छ । राजधानी मेक्सिको सिटीबाट ८० किलोमिटर दक्षिणतर्फ पर्ने कुएर्नाभाका सहरमा मेयरले उद्घाटन गर्ने क्रममा झोलुङ्गे पुल भत्केको हो ।

कुएर्नाभाका सहरमा निर्मित पासेओ रिबेरेनियो पुल भत्किँदा मेयरसहित २५ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको मोरेलोस राज्यको जनसुरक्षा निर्देशक इनरिके क्लेमेन्ट गल्लार्दोलाई उद्धृत गर्दै ल्याटिन अमेरिकी टेलिभिजन सञ्जाल टेलेसुरको अनलाइन संस्करणले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>