राजनीति

बर्दियामा आदेश बिना प्रहरीले गोली चलायो, कारवाही गर्छौँः गृहमन्त्री

Banner

काठमाडौं,जेठ २४-

गृहमन्त्री वालकृष्ण खाँणले बर्दियाको मधुवन सोनामा प्रहरीको गोलीबाट मारिएकी नविना चौधरीको घटनाबारे प्रतिनिधि सभा बैठकमा जानकारी गराएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा उनले सीडीओको आदेशबिना प्रहरीले गोली चलाउँदा चौधरीको मृत्यु भएको बताउँदै दोषी प्रहरीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए ।

सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले दोषीलाई कारवाही गर्नका र घटनाको सत्यतथ्य छानविनका लागि गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएको जानकारी गराए । घिमिरेको नेतृत्वमा प्रहरी उपरिक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका गिरिराज पाण्डे लगायत ५ जनाको छानविन समिति बनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>