राजनीति

हाम्रै पार्टीका केही चिप्ले किराहरूले प्रेम आलेले चलखेल र बार्गेनिङ्ग गर्‍यो भने

Banner

काठमाडौं,जेठ २४-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफू मन्त्री पद छाड्न तयार रहेको बताएका छन् । मंगलबार पशुपतिस्थित विश्वरूपा मन्दिर पुनः निर्माणको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । ‘पार्टीबाट हामीलाई ६ महिनाका लागि मन्त्री बनाइएको थियो,’ उनले भनेका छन्, ‘हामीले २ महिना बढी मन्त्री बनिसक्यौँ । मैले हाम्रो पार्टीका आदरणीय नेता माधवकुमार नेपाललाई भनिसकेको छु कि पार्टीमा अन्य नेताहरूलाई अवसर दिनुहुन्छ भने म छाड्न तयार छु भनेर । तर हाम्रै पार्टीका केही चिप्ले किराहरूले प्रेम आलेले चलखेल र बार्गेनिङ्ग गर्‍यो भनेर मलाई दोषी देखाउँदैछन्, अन्तर्वार्ता दिँदैछन् ।’

उनले पशुपति क्षेत्रभित्रका पानी ‘प्यूरीफाई’ गर्न क्षेत्र विकास कोषलाई निर्देशनसमेत दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>