अटो

आइतबार विदाको प्रभावः पेट्रोलियम पदार्थको खपत १८ प्रतिशले घट्यो

Banner

काठमाडौ,जेठ २३-

सरकारले गत जेठ १ गतेबाट हप्ताको दुई दिन शनिबार र आइतबार विदा दिने निर्णय गरेको थियो । पेट्रोलियम पदार्थको खपत उच्च भएको भन्दै सरकारले सो निर्णय गरेको थियो ।

सरकारले हप्तामा दुई दिन विदा गर्ने निर्णयसँगै पेट्रोलियम पदार्थको खपत घटेको नेपाल आयल निगमले जनाएको छ । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपध्यायले सरकारले दुई दिन विदा दिएको निर्णयले जेठ महिनामा पेट्रोलियम पदार्थको खपत घटेको बताए ।

उनकाअनुसार वैशाख महिनाको २२ गतेसम्ममा ४७ हजार ८५० किलोलिटर पेट्रोल खपत भएको थियो । अहिले जेठ महिनाको २२ गतेसम्ममा ३९ हजार ४५० किलोलिटर मात्रै पेट्रोल खपत भएको छ । जसमा ८ हजार ४ सय किलोलिटर अर्थात् १७.५५ प्रतिशतले पेट्रोल खपत कम भएको उनको भनाइ छ ।

त्यसैगरी, वैशाखको २२ गतेसम्ममा १ लाख ८ हजार ४९३ किलोलिटर डिजेल खपत भएकोमा सोही अवधिको जेठमा ८८ हजार ५ सय ४८ किलोलिटर डिजेल खपत भएको उनले जानकारी दिए । जसमा दुई दिन विदाको व्यवस्थाले १९ हजार ९४५ किलोलिटर अर्थात् १८.३८ प्रतिशतले खपत कम निगमले जनाएको छ । तर सरकारले आज मात्रै आइतबार विदा दिने निर्णय परिवर्तन गरी शनिवार मात्रै दिने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>