राजनीति

मन मिल्दा लभ,स्वार्थ पूरा नहुँदा बलात्कारको संज्ञा दिने काम बन्द होस्ः सांसद चौधरी

Banner

काठमाडौं,जेठ २३-

नेकपा एमालेकी सांसद गंगा चौधरीले बलात्कारका मुद्दामा हदम्याद जायज भएको तर्क गर्नुभएको छ ।

बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारकाले संसदमा पेस गरेको विधेयकका विषयमा बोल्दै आज सोमवार सांसद चौधरीले हदम्याद हटाएमा मुद्दाको चाङ लाग्ने जिकिर गर्नुभयो । उहाँले मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृति बढेको बताउनुभयो ।

‘महिला हुँ भन्दैमा महिलाको भावनामात्र बुझ्ने होइन, पुरुषको भावना पनि बुझ्नुपर्छ । अस्ति भर्खरकै केस पल शाह र सुस्मिताको कुरा । जबसम्म मन मिल्यो लभको संज्ञा दिने, स्वार्थ पूरा भएन भने बलात्कारको संज्ञा दिने । हामीले यही सदनका पूर्वसभामुखको घटना पनि हेरेका थियौँ, स्वार्थ मिलुन्जेल कसैलाई पत्तो थिएन, स्वार्थ नमिलेपछि बलात्कारको संज्ञा दिएर ६/६ महिना जेलमा कोचियो’, चौधरीले भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>