राजनीति
पार्टीको निर्णय मान्छु, सरकारबाट फर्किन्छुः प्रेम आले
०

काठमाडौं,जेठ २२-
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले पार्टीले निर्णय गरेर फिर्ता बोलाए आफू फर्किन तयार रहेको बताएका छन् । आलेले भने, “अहिलेसम्म पार्टी निर्णयबारे जानकारी छैन । तर, पार्टीले फिर्ता बोलायो भने म पार्टीको निर्णय मान्छु । पार्टीले बनाएको मन्त्री हुँ निर्णय त मान्नैपर्यो ।”
आइतबार बसेको पार्टी सचिवालयको बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । फिर्ता बोलाएपछि नयाँलाई जिम्मेवारी दिने एकीकृत समाजवादीको तयारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























