राजनीति

एमालेमा घनश्याम भुसाललाई कारवाही गर्न सिफारिस

Banner

काठमाडौं,जेठ २१-

नेकपा एमालेको अनुशासन आयोगले नेता घनश्याम भुसाललाई कारवाही सिफारिस गरेको छ। पार्टी अनुशासन विपरीत गतिविधि गरेको, अध्यक्ष केपी शर्मा ओलीले लिएको नीतिको आलोचना गरेको र पार्टीलाई हतोत्साहित गराउने काम गरेको भन्दै आयोगको सचिवालय बैठकले कारवाहीको सिफारिस गर्ने निर्णय गरेको हो।

आयोगका एक पदाधिकारीकाले केन्द्रमा कारवाही सिफारिस गरिएको बताए। ‘पार्टी अनुशासनविपरीत गर्नेलाई कारवाही नगर्ने कुरा भएन। एउटा टेलिभिजन अन्तर्वार्तामा पार्टी अनुशासनविरपरीत बोलेकाले हामीले बैठक बसेर कारवाही सिफारिस गरेको हो,’ उनले भने।

स्थायी समिति सदस्य रहेका भुसालले अन्तर्वार्तामा पार्टी नेतृत्वले गलत नीति लिँदा स्थानीय तह निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको भन्दै आलोचना गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>