राजनीति

भारतले मल नदिएपछि कृषि मन्त्री यादव आफै पुगे भारत

Banner

काठमाडौ,जेठ १९-

देशमा मलको हाहाकार भइरहेको बेला कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव मलको व्यवस्थापनका लागि बुधवार आफै भारत पुगेका छन् । हुन त उनी भारतमा आयोजित खाद्य स्वच्छतासम्बन्धी एक कार्यक्रममा भाग लिनका लागि गएका हुन् तर उनको मुख्य उद्देश्य रासायनिक मलका बारेमा भारतसँग कुरा गर्नु हो ।

कृषि मन्त्रालयका एकजना सहसचिवले भने, मलकै बारेमा कुरा गर्न मन्त्री आफै जाँदा ठिक हुँदैनथ्यो एउटा कार्यक्रमको बाहानमा उहाँ भारत जानु भएको हो त्यहाँ मुख्य काम मलको बारेमा कुरा गर्नु नै हो ।’ त्यहाँ फर्टिलाइजर मन्त्रीलगायत अन्य तीन मन्त्रीसँग भेटघाट तथा मलको बारेमा कुरा गर्ने कार्यक्रम पनि तयार भइसकेको छ । सबैको कुराको तयारी गरेर नै उनी भारत गएका हुन् ।

जीटुजीमार्फत भारतसँग मल खरिद गर्ने सम्झौतापत्रमा हस्ताक्षर भइसके पनि आजभोलि–आजभोलि भन्दै भारतले टार्दै आइरहेको थियो । त्यहाँको मल खरिद गर्ने कम्पनी छनौट हुनुका साथै लगभग दररेट पनि फाइनल नै भइसकेको भएपनि मल दिनमा ढिलाइ भइरहेको ती सहसचिवले बताए ।

कृषि मन्त्रालयले भारतका सम्बन्धित पक्षसँग नियमित छलफल गरिरहेको छ । मल दिनका लागि भारत सकारात्मक भए पनि मल आइरहेको छैन । यता मल अभावका कारण किसानहरु चिन्तित बनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>