बजार

भारतबाट फेरि बढेर आयो पेट्रोलको भाउ

Banner

काठमाडौं,जेठ १८-

भारतबाट फेरि पेट्रोलको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । यसअघि पेट्रोलको खरिद लागत १९४.६४ रुपैयाँ प्रतिलिटर रहेकामा भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार लागत मूल्य बढेर २०२ रुपैयाँ ९३ पैसा पुगेको हो ।

बुधबार भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा रु २२.९३, डिजेलमा रु १९.७३, एलपी ग्यासमा प्रति सिलिण्डरमा रु ७५१.१४ घाटा हुने देखिएको नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हवाई इन्धन र मट्टितेलमा केही नाफा रहेपनि समग्रमा निगमलाई मासिक ६ अर्ब १५ करोड रुपैयाँ घाटा हुने स्थिति रहेको निगमको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>