बजार

पिउने पानीको मूल्य बढ्यो,बिहीबारबाट लागू हुने

Banner

काठमाडौं,जेठ १८-

पिउने पानी उत्पादकहरुले पानीको मूल्य वृद्धि गरेका छन् । बिहीबारबाट लागू हुनेगरी नेपाल बोत्तल वाटर इन्डष्ट्रिज एशोसिएसनले जार तथा बोत्तलको पिउने पानीको नयाँ मूल्य सार्वजनिक गरेको हो ।

अब, प्रशोधित पिउने पानीको एक लिटरको बोत्तलको फ्याक्ट्री मूल्य १६ रुपैयाँ कायम हुनेछ भने २० लिटरको एक जार पिउने पानीको मूल्य भने ४७ रुपैयाँ पर्नेछ । यस अघि वणिज्य विभागले बढाएर मूल्य तोक्न दिएको अनुमति घटाएरै नयाँ मूल्य तोकेको एशोसिएसनका अध्यक्ष दुर्गा गौतमले दाबी गरे ।

संसदीय समितिको अनुगमन, निरीक्षण एवं बजारको मूल्य वृद्धिका आधारमा नयाँ मूल्य तोकेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>