Breaking News

वाग्मती प्रदेश सरकारले चितवनका विशिष्ट व्यक्तित्वहरु सम्मानित गर्दै, को को हुन् ६ जना ?

Banner

चितवन, जेठ १७-

वाग्मती प्रदेश सरकारले चितवनका विभिन्न क्षेत्रका छ व्यक्तित्वलाई सम्मानित गर्ने भएको छ ।

जेठ १५ गते परेको गणतन्त्र दिवसको अवसरमा प्रदेश सरकारले चितवनका ६ जनासहित गणतन्त्र दिबसको अबसरमा विभिन्न २२ बिधामा प्रदेश भित्रका ३६ जनालाई सम्मान गर्ने भएको हो । प्रदेश मन्त्री परिषद्को बैठकले सोमबार सो निर्णय गरेको हो ।

चितवनबाट सशस्त्र प्रहरी उपरीक्षक सुधिर सुवेदीले प्रदेश रक्षक, प्रहरी उपरीक्षक नवराज अधिकारीले शान्ति माला, मुटुरोग विशेषज्ञ डा श्याम राज रेग्मीले मृत्युञ्जय, युवा वैज्ञानिक सरोज प्रजाले अन्वेषण, चेपाङ भाषाविद आइतसिंह प्रजाले सुभाषिक, उद्योगी भेषराज दुवाडीले उद्यमशिलता सम्मान प्राप्त गर्ने भएका छन् । चितवन उद्योग संघका पूर्वअध्यक्ष दुवाडी बाग्मती उद्योग परिसङको अध्यक्ष हुन् । जेठ १६ गते वाग्मती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना निकालेर सम्मानबारे जानकारी गराएको हो । सम्मान समारोह भने पछि निर्धारण गर्ने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ । सूचनामा चितवनबाट कृषि तर्फ चितवन अर्गानिक मत्स्य फर्म प्रालिले कृषि किरण सम्मान पाउने उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>