देश/प्रदेश
अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका लामा रिहा
०

काठमाडौं,जेठ १७-
अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बौद्ध भिक्षु समेत रहेका मुगुका लामालाई मंगलबार रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
लामाले काठमाडौं सुन्धारास्थित सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै ‘कबड्डी ४’ फिल्मकी नायिका समेत रहेकी मगरले प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























