राजनीति

आईजीपी नियुक्ति विवाद – डीआईजी र एआईजीको मुद्दालाई ‘लगाउ’मा राख्न आदेश

Banner

काठमाडौं,जेठ १७ –

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजी) र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा विवादबारे दायर रिटको सुनुवाइ गर्दै ‘लगाउ’मा राख्न आदेश दिएको छ ।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा। कुमार चुडालको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।इजलासको यो आदेशसँगै एआईजी पोखरेलको आईजीपी हुने सम्भावना न्यून हुँदै गएको छ । रिट निवेदक पोखरेलले रिटमार्फत आफू पहिले एआईजी भएको र वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षक (आईजी) नियुक्त गरिनुपर्ने माग गरेका छन् ।

वर्तमान आईजी धिरजप्रताप सिंहलाई काममा रोक लगाउन पनि पोखरेलको माग छ । यस्तै, सिंहलगायतलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट एआईजी बनाउँदा पनि वरियता मिचेर बढुवा गरेको भन्दै तत्कालीन डीआईजीहरू ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र घनश्याम अर्यालले रिट दायर गरेका थिए ।

हाल सेवा निवृत्त भइसकेका तीन डीआईजी र एआईजी पोखरेलको मुद्दालाई न्यायाधीशद्वयको इजलासले ‘लगाउ’मा राख्न आदेश दिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>