देश/प्रदेश
काठमाडौँ महानगर कार्यपालिकाको पहिलो बैठकमै लफडा
०

काठमाडौं,जेठ १६-
काठमाडौँ महानगरपालिकाको कार्यपालिकाको पहिलो बैठकमै विवाद भएको छ। फोहोरमैला व्यवस्थापनका लागि प्रमुखको नेतृत्वमा कार्यदल बनाउने विषयमा विवाद भएको हो।
प्रमुख बालेन्द्र शाहले आफ्नो नेतृत्वमा कांग्रेस र एमालेबाट २/२ र समाजवादीबाट एक जना रहने गरी कार्यदल बनाउने प्रस्ताव गरेका थिए।प्रमुखले छलफल बिनै प्रस्ताव पारित गरेको भन्दै १६ नम्बर वडाका अध्यक्ष मुकुन्द रिजालले आपत्ति जनाएका छन्।
केही वडा अध्यक्षहरुले प्रमुखको कार्यशैलीप्रति पनि आपत्ति जनाए। उनलाई बैठक चलाउने विधि सिकेर आउन आग्रह गरे।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























