Breaking News

चितवन राप्ती नगरपालिकाको कार्यपालिका निर्वाचनमा एमालेको प्यानल नै विजयी

Banner

चितवन, जेठ १६-

राप्ती नगरपालिकाको कार्यपालिकामा एमालेको प्यानले नै विजयी भएको छ ।

कार्यपालिकाको निर्वाचनमा एमालेको तर्फबाट आठ जना निर्वाचित भएका हुन् । जसमा पाँच जना महिला सदस्य र तीन जना खुला सदस्य रहेका छन् । निर्वाचित कार्यपालिका सदस्यहरुमा कविता राई, गोमादेवी धरेल, मित्रकुमारी तितुङ, मिनाकुमारी अधिकारी, रमिता परियार, आइतीदेवी दराइ, भक्तबहादुर सुनार, रेलबहादुर प्रजा रहेका छन् ।कार्यपालिकामा नगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरुले मतदान गर्ने प्रावधान रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>