देश/प्रदेश
भाउजुलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ
०

सप्तरी, जेठ १६ –
भाउजुलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका देवर पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साईन नगरपालिका- १ धनगढीका २५ वर्षीय परमेश्वर साह छन्।
उनले दाजु रविन साहकी २७ वर्षीया श्रीमती राजकुमारी साहलाई २१ माघ २०७८ मा घरमा खानापकाई रहेको अवस्थामा जिउभरि पेट्रोल छर्की आगो लगाएका थिए।
उपचारको क्रममा भाउजु राजकुमारीको मृत्युु भएको थियोे । भाउजुको मृत्युपश्चात् राजन फरार रहँदै आएका थिए। गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बोदे बर्साईनबाट खटिएका वरिष्ठ प्रहरी नायव निरीक्षक सुरेश पालको नेतृत्वको टोलीले पक्राउ गरेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























