राजनीति

काठमाडौंका मेयर बालेन र उपमेयर सुनिताको सपथग्रहण आज

Banner

काठमाडौं,जेठ १६-

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलले सोमबार सपथग्रहण गर्दैछन्। कामपा प्रशासन विभागका अनुसार बिहान ११ बजे महानगरका मुख्य निर्वाचन अधिकृतले प्रमुख साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

यसलगत्तै प्रमुख साहले उपप्रमुख डंगोललाई र त्यसपछि ३२ वडाका अध्यक्षलाई शपथग्रहण गराउने कार्यक्रम छ। त्यसलगत्तै कामपा प्रहरी बलको निजी सुरक्षाकर्मी र सवारीसाधन उनीहरूलाई लिन राष्ट्रिय सभागृह पुग्नेछ।

त्यसपछि महानगरको मुख्यालयमा स्वागत गर्ने कार्यक्रम तय भएको कामपाले जनाएको छ। दुवैजनाले सोमबार दिउँसो नै सुन्धारास्थित महानगरको मुख्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ। लगत्तै ३२ वटै वडा अध्यक्षसहितको बोर्डको बैठक बस्ने र विभिन्न निर्णय गर्ने कार्यक्रम तय भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>