चितवन विशेष

चितवनमा भोलिबाट स्टार्टअप एन्ड आइडिया फेस्ट हुँदै

Banner

चितवन, जेठ १५-

चितवनमा भोलि जेठ १६ गते स्टार्टअप एन्ड आइडिया फेस्ट आयोजना हुने भएको छ ।

लिभिङ विथ आइसिटीको आयोजनामा सो फेस्ट आयोजना हुने भएको हो । फेस्टमा बागमती प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा विद्यार्थीका लागि आइडिया सहभागी हुन सक्नेछन् ।

फेस्टसँगसँगै एक्सपिरियन्स सेयरिङ तथा मेन्टरिङ सेसन र आइडिया पिचिङ समेत आयोजना हुनेछन् । एक्सपिरियन्स सेयरिङ तथा मेन्टरिङ सेसनमा स्टार्टअप क्षेत्रमा काम गरी स्थापित भएका अग्रणी व्यक्तित्वहरूले आफ्नो उद्यम यात्रा अनुभव साट्ने र उद्यमशीलतामा प्रशिक्षण प्रदान गर्नेछन् ।

त्यस्तै, आइडिया पिचिङ सेसनमा सहभाभी स्टार्टअपहरूको आफ्नो आइडिया प्रस्तुत गर्नेछन् । उक्त आइडियाहरूमध्येबाट उत्कृष्ट पाँच आइडियालाई इन्कुबेसनका लागि छनोट गरी सम्भावित लगानी भेन्चर्सहरूसँग समन्वय गरिनेछ । स्टार्टअप फेस्टमा निःशुल्क सहभागी हुन सकिनेछ । कार्यक्रमबारे थप जानकारी लिन नेपालीस्टार्टअप डट कम भिजिट गर्न वा ९८०१२६३६०४ मा फोन गर्न सकिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>