देश/प्रदेश
जहाज बेपत्ता अपडेटः बादल लागेको कारण खोजीका लागि निस्केका टोली फर्किए
०
पोखरा, जेठ १५-
पोखराबाट उडेको तारा एयरको जहाज बेपत्ता भएपछि खोजी सुरु भएको छ । मुस्ताङको जोमसोमबाट फिस्टेल एयरको हेलिकोप्टर खोजीका लागि निस्किए पनि बादल लागेका कारण त्यसै फर्किएको बताइएको छ ।
यस्तै पोखराबाट पनि नेपाली सेनाको जहाजमा रेस्क्यु टोली त्यसतर्फ गएको छ । ‘मौसम खराव छ । दुर्घटना कहाँ भयो भन्ने थाहा छैन,’ मुस्ताङका पत्रकार सुन्दर थकालीले भने, ‘मानापाथी र धवलागिरी हिमालकै वरपर यो दुर्घटना हुन सक्छ भनिएको छ । तर कहाँनिर भन्ने छैन ।’
उनका अनुसार मुस्ताङको मौसम निकै खराब अवस्थामा छ । सो जहाजमा चालक दलका तीन सदस्यसहित २२ यात्रु सवार थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























