देश/प्रदेश
मुस्ताङका सिडिओ भन्छन्- टिटीतिर जहाजको आवाज आएको भनेर सूचना पाएका छौं
०

पोखरा, जेठ १५ –
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङ स्थित टिटी डाँडातिर दुर्घटना भएको हुन सक्ने बताइएको छ । लेतेनजिकै टिटी डाँडामा ठूलो आवाज आएको सूचना स्थानीयले दिएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
‘पुष्टी भएको छैन । भएपछि हामी खबर गर्छौं,’ उनले भने, ‘लेते नजिक टिटी क्षेत्रमा दुर्घटना भएको आशंका छ । स्थानीयले ठूलो आवाज त्यहाँ आएको भनेका छन् ।’ जहाज खोज्न जोमसोमबाट हेलिकोप्टर उडिसकेको बताइएको छ । उक्त जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























