देश/प्रदेश
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयरको शपथ ग्रहण भोलि
०

काठमाडौँ, जेठ १५-
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरुका शपथ ग्रहण भोलि हुने भएका छन् ।
महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यको अनुसार काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई भोलि ११ बजे राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको हो ।
साहको शपथ ग्रहण लगतै उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण हुने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























