कृषि

नेपाल दाना उद्योग संघमा रविन पुरीको नेतृत्व

Banner

चितवन, जेठ १४-

नेपाल दाना उद्योग संघमा रविन पुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

संघको २१ औं साधारण सभा तथा अधिवेशनले पुरीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघले आज प्रेषित गरेको विज्ञप्ति अनुसार संघको प्रथम उपाध्यक्षमा शंकरप्रसाद कँडेल, द्वितीय उपाध्यक्षमा प्रदिपकुमार रुगँटा, तृतीय उपाध्यक्षमा ज्ञानेन्द्र पराजुली, महासचिवमा केशवराज थापा, कोषाध्यक्षमा उमेशचन्द्र सापकोटा र सचिवमा राजकुमार पराजुली चयन भएका छन् । त्यसैगरी कार्यसमितिको सदस्यहरुमा देवीप्रसाद गौतम, नितेश गुप्ता, नारायणप्रसाद फुँयाल, आनन्दकुमार बगडिया, विनोद पोखरेल, सुरेन्द्रराज प्रधान, विनोदचन्द्र केसी, विनोद भण्डारी, राजकुमार बन्जारा र गोपाल टन्डन रहेका छन् ।

साधारण सभाको उद्घाटन शत्रमा कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले मकै तथा भटमासको खेतीमा मन्त्रालयले उचित पहल लिने आश्वासन दिए । कुखुरा र दानामा नेपाल आत्मनिर्भर हुनुमा उनले खुसी व्यक्त गरे । संघका विशिष्ट सदस्य डा तिलचन्द्र भट्टराईले नेपालको कुखुरापालन उद्योग विभिन्न आरोहअवरोध पार गर्दै यहाँसम्म आइपुगेको विचार राखे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>