चितवन विशेष

कान्छो सदस्य अनमोलले पाए कांग्रेस चितवनको प्रवक्ताको जिम्मेवारी

Banner

चितवन, जेठ ११–

नेपाली कांग्रेस चितवनको प्रवक्तामा कान्छो सदस्य अनमोल अधिकारी नियुक्त भएका छन् ।

कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । जिल्ला सभापति खनालले कांग्रेसको नीति, नियम र विधानमा रहि अधिकारीलाई प्रवक्तामा मनोनित गरिएको जानकारी दिए । उनले राजनीतिक र सामाजिक जीवनको उत्तरोत्तर प्रगतिको काम गर्दै बधाई ज्ञापन गरेका छन् ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका अधिकारी हालसालै सम्पन्न जिल्ला अधिवेशनबाट सर्वाधिक मतका साथ जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । उनी अन्य पदाधिकारी र सदस्यहरु मध्ये सबैभन्दा कान्छा हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>