राजनीति

इन्धनको मूल्यवृद्धि फिर्ता लिन १५ विद्यार्थी संगठनको माग

Banner

काठमाडौं, १० जेठ-
१५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुलाई मन्त्रालयमा भेटेर विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् ।

एलपी ग्यास र मट्टितेलमा विद्यार्थीहरुलाई सहुलियतमा उपलब्ध गराउन विद्यार्थी संगठनले माग गरेका छन् । पेट्रोलियम पदार्थमा लगाइएको करको पुर्नविचार,वैकल्पिक उर्जाको खोज अनुसन्धान तथा इन्धनमा भारतको एकाधिकार हटाउन माग गरिएको छ ।

विद्यार्थी संगठनको माग प्रति उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्री बडु सकरात्मक रहेको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बताए । ‘फिर्ता नै गर्ने प्रतिवद्धता त गर्नुभएन । अब बढ्न नदिने बचन दिनुभएको छ ।’ शेर्पाले भने । सरकारले सरकारले बैशाख ३१ र जेठ ८ मा गरि छोटो समयमा इन्धनमा अत्यधिक मूल्यवृद्धि गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>