राजनीति
पोखरामा कांग्रेसले पनि पुनः मतदानको माग राखेर निवेदन हाल्यो
०

पोखरा, १० जेठ-
नेकपा एमालेले वडा नम्बर १८ को पुनः मतगणना माग गर्दै निवेदन हालेपछि नेपाली कांग्रेसले पनि वडा नम्बर १ र १७ नम्बर वडामा पुनः गणना माग गर्दै निवेदन दिएको छ ।
उक्त वडामा नेकपा एमाले विजयी भएको थियो । वडा नम्बर १ मा नेकपा एमालेका सहार प्रधान विजयी हुँदा कांग्रेसका सीता गुरुङ पराजित भएकी थिइन् । पोखरा वडा नम्बर १७ मा नेकपा एमालेका राधिका शाही विजयी हुँदा नेपाली कांग्रेसका देवराज आचार्य पराजित भएका थिए ।
अहिले पोखरामा २२, ३२ र ३३ वडाको मत गणना भइरहेको भए पनि नेकपा एमालेका प्रतिनिधि सहभागी नहुँदा मतगणना स्थगित भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























