राजनीति

धुर्कोट गाउँपालिकाका जनप्रतिनिधिबाट हिजो निर्णय, आज कार्यान्वयन

Banner

गुल्मी, १० जेठ –

गुल्मीको धुर्कोट गाउँपालिकाले पहिलो निर्णय विद्युतीय चुलोमा ५० प्रतिशत छुट दिने गरेको छ ।

गाउँपालिका अध्यक्ष भुपाल पोखरेल र सिता गिरीले प्रतिबद्धता सहितको निर्णयमा हस्ताक्षर गर्दै सोमबार गाउँपालिकाको कार्यालय बर्बोटमा पदभार ग्रहण गरेका हुन् ।

पालिका अध्यक्ष पोखरेलका अनुसार दलित परिवारका छोराछोरीहरुलाई एसईई पछिको ३ वर्षे प्राविधिक शिक्षामा १० जना विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिने छ ।

‘विभिन्न कारणले बुवाआमा नभएका २० जना विद्यार्थीलाई १२ कक्षा सम्मको आवासिय शिक्षा सुनिश्चितता गर्ने, प्राकृतिक विपत्तीबाट हुने आवासको क्षतिलाई राहात उपलब्ध गराउन प्रत्येक घरको विमा गने व्यवस्था मिलाई, विमा वापतको प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेका छौं’, पोखरेलले भने ।

गाउँपालिकाले सोमबार गरेको प्रतिबद्धताको कार्यान्यन मंगलबारबाट नै सुरु गरेको छ । प्रतिबद्धताको बुँदा ३ अनुसार नै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेलले एक सूचना जारी गरेर बुवाआमा नभएका बालबालिकालाई १२ कक्षासम्मको आवासीय शिक्षाको लागि छनौट गरेर सिफारिस गर्न आह्वान गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>