राजनीति

सर्लाहीमा प्रमुख प्रशासकीय अधिकृतकी श्रीमती वडाध्यक्षमा निर्वाचित

Banner

सर्लाही, १० जेठ-
सर्लाहीमा प्रमुख प्रशासकीय अधिकृतकी श्रीमती वडाध्यक्ष बनेकी छिन् ।

सर्लाहीको बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम नरेश रामकी श्रीमती शर्मिला कुमारी राम वडाध्यक्ष बनेकी हुन् । बरहथवा नगरपालिका १० नम्बर वडाध्यक्षमा राम विजयी भएकी हुन् ।

बहुजन एकता पार्टी नेपालको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेकी ३२ वर्षीया शर्मिला कुमारी राम विजयी भएकी हुन् । निर्वाचित शर्मिलाले ६०६ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ५४ वर्षीय सत्यनारायण सिंहले ३३३ मत मात्र पाए ।

यस्तै माओवादीका रामजतन महतोले ३ सय ३१ ल्याएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>