राजनीति
पोखराको मतगणना रोकियो
०

कास्की, जेठ १० –
पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ ।
एमालेका प्रतिनिधि मतगणना स्थलमा नगएपछि मतगणना रोकिएको हो । पोखरा वडा नम्बर २२, ३२ र ३३ को मतगणना रोकिएको छ । पोखरा-१८ मा खसेको मत र गणना भएको मत समान नभएपछि एमालेले पुनः मतगणना माग गर्दै निवेदन दिएको छ । त्यही माग राखेर अन्य वडाका एमाले प्रतिनिधिले मतगणनास्थल छोडेपछि मतगणना रोकिएको हो ।
पोखरा–१८ मा खसेको मतभन्दा गणना भएको मत नौ कम थियो । त्यहाँ एमालेका वडाध्यक्ष उम्मेदवार पुष्कलबहादुर थापा कांग्रेसका शिव तिमिल्सिनासँग तीन मतले पराजित हुनुभएको थियो । वडा नम्बर १८ मा चार हजार तीन सय ४८ खसेकोमा चार हजार तीन सय ३९ मतगणना भएको थियो ।
मतपरिणामअनुसार एमालेका थापाले एक हजार ६ सय ४० र कांग्रेसका तिमिल्सिनाले एक हजार ६ सय ४३ मत ल्याउनुभएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























