राजनीति

श्रीलंका र डेनमार्कका लागि सरकारद्धारा राजदूतको नाम अनुमोदन

Banner

काठमाडौं, १० जेठ-

संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित राजदूतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।

मंगलवार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत प्रा।डा। रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो । यसअघि समितिले सरकारद्वारा विभिन्न १८ देशका लागि प्रश्तावित राजदूतहरुको नाम अनुमोदन गरेको थियो ।

राय र मिश्रबिरुद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी थियो । बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले राजदूतमा प्रस्तावित मिश्र र रायबिरुद्ध परेको उजुरी औचित्यहीन भएकोले समितिले सर्वसम्मत नाम अनुमोदन गरेको बताए ।

‘हामीले लामो समयदेखि २० जना प्रस्तावित राजदूतहरुको सुनुवाइ गरिरहेका थियौं । समितिले दिनरात नभनी काम गरेको छ । उजुरीको कारणले दुई जनाको अनुमोदन गर्न बाँकी थियो । उजुरी सम्बन्धमा हामीले गहन अनुसन्धान गरेर, पत्राचार गरेर, अध्ययन गरेर, आज त्यसमा विस्तृत रुपबाट छलफल गरेका छौं । छलफल गर्दा उजुरीमा कुनै औचित्य नदेखिएकोले आयोगको पत्राचारबाट पनि हामीले आज डा। रामस्वार्थ राय र वासुदेव मिश्रलाई श्रीलंका र डेनमार्कको लागि प्रश्तावित राजदुतलाई सर्वसम्मतले अनुमोदन गरेका छौं’ उनले भने ।

उनीहरुको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि अब राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>