Breaking News

भरतपुर महानगरमा सुवेदी र दाहालको मतान्तर घट्दै, १३ मतले अग्रता

Banner

चितवन, जेठ २-

भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीको गठबन्धनकी रेनु दाहालसँग मतान्तर घट्दै गएको छ ।

पछिल्लो गणनामा सुवेदी दाहाल भन्दा १३ मतले मात्र अगाडि देखिएका हुन् । झण्डै ५० देखि ८० भोटले अग्रता लिइरहेका सुवेदीको मतान्तर घटेर १३ मा झरेको हो ।

जम्मा १४ हजार ७३० गणना गर्दा सुवेदीले चार हजार ९५३ मत ल्याएका छन् भने दाहालले चार हजार ९३० मत ल्याएकी छन् । त्यसैगरी कांग्रेसबाट बागी उम्मेदवारको रुपमा उठेका जगन्नाथ पौडेलले दुई हजार २९० मत ल्याएका छन् । उपमेयर पदमा भने कांग्रेसका चित्रसेन अधिकारी र राप्रपाकी हिमला गुरुङको मतान्तर एक हजार ९३८ रहेको छ । अधिकारीले पाँच हजार ९१३ मत ल्याउदा गुरुङले तीन हजार ९६५ मत ल्याएकी छन् । त्यस्तै भरतपुरको वडा नम्बर ४ को गणना चलिरहँदा वडा अध्यक्ष तर्फ कांग्रेसले १४ सय ३४ र एमालेले ९२७ मत ल्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>