देश/प्रदेश
बाराको देवताल गाउँपालिकामा झडपपछि रोकिएको मतदान पुन: सुरु
०
इन्दिप कोइराला,
बारा, वैशाख ३०-
बाराको देवताल गाउँपालिकामा पुनस् मतदान सुरु भएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु भएको मतदानमा करिब २५ जनाले सहभागिता जनाएपछि त्यहाँ निकै हल्ला भयो । १०(१५ जना हात हालाहाल भएपछि रोकिएको मतदान फेरि सुरु भएको हो ।
नेपाली कांग्रेसका र लोसपाका कार्यकर्ताबीचको झडपका कारण मतदान रोकिएको थियो । झडपलाई सुरक्षाकर्मीले बेलैमा नियन्त्रणमा लिन सफल भएको थियो ।
देवतला गाउँपालिकाका मतदान अधिकृत सुदर्शन ढकालका अनुसार करिब २ घण्टा बसेको सर्वदलीय बैठकले पुनस् मतदान गर्ने सहमति भएपछि मतदानको प्रक्रिया सुरु गरिएको हो ।
झडपमा घाइते भएहरुको सदरमुकाम कलैयास्थित कलैया असपतालमा उपचार भइरहेकै छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























