देश/प्रदेश
हुम्लाको चंखेलीमा झडप, ८ राउण्ड अश्रुग्यास प्रहार
०

हुम्ला, वैशाख ३०-
हुम्लाको चंखेली गाउँपालिकाको एउटा मतदान केन्द्रमा झडप भएको छ । चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन दल र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप हुँदा मतदान अधिकृत घाइते भएका छन् ।
झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत, र अर्का स्थानीय घाइते भएको प्रहरीले जनाएको छ ।
झडपलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ८ राउन्ड अश्रुग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् । अहिले मतदान केही समयका लागि स्थगित गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























