देश/प्रदेश
मौन अवधिमा रामचन्द्र पौडेलको अपिल– सुरक्षित भविष्यको निम्ति मतको सदुपयोग गरौं
०

काठमाडौं, वैशाख २९-
नेपाली कांग्रेसका नेताले सुरक्षित र राम्रो भविष्यका लागि आफ्नो मतको सदुपयोग गर्न अपिल गरेका छन् ।
शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधि कायम रहेका बेला बिहीबार दिउँसो १२ बजेर ४१ मिनेटमा आफ्नो आधिकारिक पेसबुक पेजमार्फत नेता पौडेलले मतको सदुपयोग गर्न अपिल गरेका हुन् ।
‘निर्वाचन लोकतन्त्रको सुनौलो अवसर पनि हो । राम्रो र सुरक्षित भविष्यको निम्ति आफ्नो मतको सदुपयोग गरौं,’ उनले अपिलमा भनेका छन् ।
स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ जेसम्म मतदानको समय तोकिएको छ । मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























