देश/प्रदेश
जाँडरक्सी खाएर आउनेलाई मतदान केन्द्रमा प्रवेश निषेध
०

काठमाण्डौ, बैशाख २९-
निर्वाचन आयोगले जाँडरक्सी खाएर मतदानस्थलमा जान नपाइने जनाएको छ ।
मतदान गर्ने व्यक्तिले जाँडरक्सी खाएको भए मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न नदिने आयोगले जनाएको हो । भोलि हुने चुनावको निर्देशिकामा आयोगले जाँडरक्सी खाएकालाई मतदाता भए पनि प्रवेश नदिन निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।
यस्तै मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाइ, लाइटर, कुनै प्रकारको हातहतियारलगायतका वस्तु लैजान नपाइने उल्लेख छ। आयोगले यस्ता कार्य गरेको भेटिएमा कानुन बमोजिम कारबाही हुने जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























