देश/प्रदेश

सांसद पद थमौतीको माग गर्दै माधव नेपालले दायर गरेको रिटको सुनुवाइ हुँदै

Banner

काठमाडौं, वैशाख २९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सांसद पद थमौती गर्न माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ ।

सुनुवाइका लागि रिटको पेसी न्यायाधीशहरू अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको छ ।

एमालेका वरिष्ठ नेताको हैसियतबाट ९ वैशाख २०७७ मा उनले सांसद पद थमौतीको माग गर्दै रिट दायर गरेका हुन् । रिट निवेदकहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि हुन् । हाल नेपालबाहेक सबै एमालेमै छन् ।

रिटमा नेपालसहितका चार नेताले सर्वोच्च अदालतको २३ फागुनको फैसलाविपरीत पार्टीलाई एकलौटी चलाएर राजनीतिक जीवन नै समाप्त गर्ने दूराशयपूर्ण मनोभावना राखी सांसद पदबाट हटाउन खोजेको रिटमा उल्लेख गरेका छन् ।

रिटमा उनीहरूले २८ फागुन २०७७ तथा ७ चैत २०७७ सँगै ६ वैशाख २०७८ मा एमालेले गरेको निर्णय र सोही निर्णयलाई आधार मानेर ओलीले कारबाही गर्न लागेको पनि उल्लेख छ ।

नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई कामकाज गर्न दिन रिटमार्फत उनीहरूले परमादेश पनि माग गरेका थिए ।

१३ वैशाख २०७८ मा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको थियो । त्यसपछि रिटको पेसी १० चैत २०७८ मा तोकिएको थियो । तर, ‘हेर्न नभ्याइने’ भनियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>