देश/प्रदेश

वडाध्यक्षका उम्मेदवार खाटमुनी लुकेको अवस्थामा पक्राउ

Banner

तेह्रथुम, बैशाख २९-

नेपाल तरुण दल तेह्रथुम जिल्ला उपाध्यक्ष सहित ३ जना कार्यकर्तालाई युवाहरु परिचालन गरेर कुटाएको आरोपमा तेह्रथुममा एक वडाध्यक्षको उम्मेदवार पक्राउ परेका छन् । मंगलबार रातिको घटनापछि प्रहरी नियन्त्रणका लागि आउदा खाटमुनी लुकेको अवस्थामा उनलाई प्रहरी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा छथर गाउँपालिका वडा – २ का एमाले उम्मेदवार मनबहादुर खड्का सहित कार्यकर्ता कृष्णबहादुर कार्की र मेदुना रानामगर रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सुचना अधिकारी छे फिन्जो भोटेले बताएका छन् ।

मंगलबार राति जिल्लाको छथर गाउँपालिकामा २ हमरजुङमा काँग्रेस र एमाले कार्यकर्ताहरुबीच झडप भएको थियो । उक्त झडपमा नेपाल तरुण दल तेह्रथुमका उपाध्यक्ष विकास श्रेष्ठसहित मनिष बस्नेत र सेमिहाङ लिम्बू घाइते भएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको मुख्य जिम्मेवार उनै वडाध्यक्ष भएको भन्दै तरुण दल तेह्रथुमले घोर भत्र्सना गरेको छ । उसले एक बिज्ञप्ति जारी गर्दै घटनाको दोषी खड्कालाई कडा कारवाही गर्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>