देश/प्रदेश

कांग्रेस केन्द्रीय महाधिवेशनले गरे मौन अवधिमा पार्टी परित्याग

Banner

कपिलवस्तु, वैशाख २८–

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा संसदीय बोर्ड टिकट वितरण समितिको सदस्यसमेत रहेका कपिलवस्तुका कृष्णप्रसाद पौडेलले पार्टीबाट राजीनामा दिएका छन् ।

समितिले सिफारिस गरेको भन्दा फरक व्यक्तिलाई उम्मेदवार बनाएको कारणले पौडेलले राजीनामा दिएका हुन् । उनको राजीनामाले शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिकामा प्रभाव पार्ने देखिएको छ ।

२०३७ सालदेखि निरन्तर पार्टीमा योगदान गरेका र नेपालको प्रजातान्त्रिक आन्दोलन, सत्याग्रहमा सामेल भएका पौडेल सक्रिय कार्यकताका रुपमा चिनिन्छन् । पार्टी क्षेत्रीय सचिव, जिल्ला कार्य समिति सदस्य, दुई पटक महाधिवेशन प्रतिनिधिसमेत रहेका उनी पार्टी परित्यागपछि स्वतन्त्र रहने जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>