अन्तर्राष्ट्रिय

इजरायली सेनाको गोली लागेर अल जजिराकी पत्रकार मृत्यु

Banner

गाजा, वैशाख २८-

वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर अल जजिराकी एक पत्रकारको मृत्यु भएको छ । इजरायली सेनाको गोली लागेर सेरिन अबु अक्लेहको मृत्यु भएको कतारस्थित समाचार च्यानल र प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अक्लेहलाई जेनिन सहरमा सेनाको छापामारको रिपोर्टिङ गर्दा गोली लागेको अल जजिराले जनाएको छ ।

सेना र प्यालेस्टिनी बन्दुकधारीबीचको झडपको क्रममा उनी मारिएको हुनसक्ने इजरायली सेनाले जनाएको छ । आक्रमणमा अर्का पत्रकार घाइते भएका छन् । उनको अवस्था स्थिर छ ।

अक्लेह अल जजिराको अरबी समाचार सेवामा एक प्रमुख व्यक्तित्व थिइन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>