देश/प्रदेश
धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल, काठमाडौंमा आकस्मिक अवतरण
०

काठमाडौं, वैशाख २८ –
काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गरिएको छ । ८७ जना यात्रु बोकेर बुधबार धनगढीका लागि उडेको विमानको एक इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मिक अवतरण गरिएको हो ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १२ः०८ बजे त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो । आकस्मिक अवतरण गराइएको जहाजका सबै यात्रु सुरक्षित रहेको उनले बताए ।
सुरक्षित अवतरण गरिएको जहाजको प्राविधिक जाँच गरिने उनको भनाइ छ । उक्त विमानलाई आकस्मिक अवतरण गर्न लागिएपछि अन्य विमान आकाशमै होल्डमा राखिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























