अर्थ
घट्दै सुनको मूल्य
०

काठमाडौँ, वैशाख २८-
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले घटेर रु ९७ हजार तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले घटेर रु एक हजार २४५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३९ डलर आसपास कारोबार भइरहेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























